प्रकाश बन्जारा
नेपाली बालसाहित्य तथा कथा बाचनलाई प्रवर्दन गर्ने हेतुले कथावाचक समाज नामको संस्था स्थापना भएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच समाजको औपचारिक शुभारम्भ गरिएको हो । कथाबाचक तथा बालसाहित्यकार ध्रुब घिमिरेको अध्यक्षतामा गठित कथाबाचक समाजको उपाध्यक्षमा कृष्ण शाह यात्रीमहासचिवमा कृष्णदीप सिग्देलसचिवमा यशु श्रेष्ठकोषाध्यक्षमा राजेन्द्रभक्त जोशीतथा सदस्यहरुमा जनार्दन बरालभीष्म केसीशौरभकिरण श्रेष्ठ तथा मेनुका राई हुनुहुन्छ ।कथाबाचक समाजको गठन कार्यक्रमका प्रमुख अतिथी प्रा।डा चुगामणि बन्धुले नेपाली समाजमा कथाबाचनको लामो परम्परा रहेको बताउँदै त्यो परम्परालाई बिलिन हुन नदिन कथाबाचक समाजले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका अर्का अतिथी बालसाहित्यकार तथा गोरखापत्र संस्थानका अध्यक्ष बिजय चालिसेले कथावाचक समाज स्थापना हुनु नविन कार्य भएको बताउँदै घरमा रहेको कथाबाचन कार्यक्रम अब स्कुलमा सरेको बताउनु भयो । कार्यक्रममा रत्नसागर प्रकाशनले प्रकाशन गरेका यशु श्रेष्ठले लेखेका दुई बालकथासंग्रह पुलगाडि र जलपरीको जुक्ति सार्वजनिक गरिएको थियो । कथाबाचनबाटै शुरु गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथीले कथावाचन गरेरै गर्नुभएको थियो भने अन्य कथावाचकहरुले पनि कार्यक्रममा कथा वाचन गर्नुभएको थियो ।