समयको हुरी पनि कस्तो सँधै उल्टो चलिदिन्छ । जुन चिज आफ्नो अनुकुल बनाउन खोज्यो त्यहि प्रतिकुल बनेर देखा पर्छ । हिजो जस्तो लाग्थ्यो साहुले लगेको गैह्री खेत उकास्न बढ्दै गरेका भाइबहिनीको पढाईलाई निरन्तरता दिलाउन विकल्पको खोि जगर्दै घरमा छलफल भएको तर छलफलबाट निष्कर्ष निकालेको पल्लाघरका काकासँग पाँच हजार ऋण लिएर राहदानी बनाउन सदरमुकामतिर हानिएको अनि राहदानि काठमाण्डौमा बस्ने गाउँले दलालदाइलाई बुझाएको दलाल दाईले एक बर्षसम्म बारम्बार भिषाको आश्वासन दिलाएर कतार छिरेकोमात्र उनन्तिस महिना बितिसकेछ । उनन्तिस महिना अघि भोलि फ्लाइट छ पसर्ि फ्लाइट छ भन्दै दलालदाईले आस्वासनका मिठाई बाँड्दा कतार तिर छिरिहाल्ने जुन तिब्र इच्छा थियो आज त्यस्तै प्रकारको तिब्र इच्छा सल्वलाईरहेको छ मातृभुमि फर्किनको निम्ति । कल्पनामा मात्रै मनले निकै पटक चिसो हावाको स्पर्श लिइसकेको छ तर वास्तविकता भने त्यहि छट्पटिमा बित्दैछ यो हप्ता पठाउँछ कि अर्को हप्ता पठाउँछ कि बोनस दिन्छ कि दिदैन दियो भने कति दिन्छ आदि …………। सपना देख्न साह्रै सजिलो हुने रहेछ तर पुरा गर्न त्यत्तिकै कठिन सपनाको आकार आफ्नो यथार्थ धरातलमा उभिएर मात्रै चयन गनुपर्ने कुराको ज्ञान भर्खरै भरिँदैछ यो मस्तिक्समा हुन त बुद्धि बगाँरा नपलाईकन परिपक्क भईदैन भन्छन् र त्यो आउने तयारी पनि गरेको छैन । त्यहि सपना जथाभावि देख्नाले मनमा शान्ति मिल्न पनि सकेन । कतार नेपालीको श्रम पोख्ने राम्रो गन्तव्य बनिरहेको बेला म नै पलायन हुनुमा पक्कै पनि अर्को सपनाको चलखेल हो अनि विपरित ध्रुवबाट बहिरहेको हावाको प्रभाव पनि ।नत्र भने किन बाटो तताउनु पर्यो रित्तो हात हुन त पैसानै सबै थोक हैन भनिन्छ तर कतार हानिनुपर्ने बाध्यता त पैसाले नै ल्याएको हो नि । त्यहि पैसाले गैहि्र बारी लगेको हो । त्यहि पैसाले भाइबहिनीको हेरचाह गर्ने हो तर अहँ यी कुनै पनि काम मैले कतारमा कमाएको पैसाले गर्न सकिन अब फेरी अर्कै सपना लिएर म कतारसँग बिदा लिँदैछु ।sतारसँग बिदा लिनुमा मेरो सपना मातृभुमिमै रमाउनु हो । मेरा २० लाख नेपाली दाजुभाई दिदि बहिनिले नदेखेको विदेसको रस्वादन गर्नु हो । हामिले साना कुरा कहिल्यै नसुन्नाले साना काम कहिल्यै नगर्नाले मरुभुमिको बालुवासग्ा सँघर्ष गर्नु परिरहेको छ ।त्यो मातृभुमिको सुखभोग गर्न चिसो हावासँग कावा खाँदै दोडिदैछु म ।यो बिचमा बिताएका महिनाहरु कति कष्टकर थिए । त्यसको बर्णन नगरौँ केहि रमाइला क्षणहरु प्ानि बिताउन पाइयो । प्रवासि भुमिमै भएपनि नेपाली भाषाको उत्थानको निमित्त नवोदित साहित्यिक वाचनालयको स्थापना गरियो । नेपाली भाषा साहित्यप्रतिको चिन्तन राख्ने साथिहरुले त्यसमा चासो राखेर स्थापनाकालदेखि नै सहयोग गर्नुभयो । उहाँहरसग्ौँ काम गर्दा निक्कै निख्रिने अवसर प्राप्त भयो । हाल त्यहि वाचनालयले विश्वमै नौलो अवधारण मोवाइल पुस्तकालयको अवधारण ल्याएर विश्व साहित्यको ध्यानलाई आफुतिर आकृष्ट गराएको छ । त्यस्तो गौरवान्वित सँस्थाको स्थापना कालदेखिकै सिपाहि बनेरर काम गर्न पाउनु मेरो सौभाग्य नै हो । यहि वाचनालयमा लाग्दा देखि थोरै भएपनि शुभचिन्तक र इष्टमित्रहरु कमाउन सफल भएको छु । त्यसलाई राम्रो पक्ष ठान्नु पर्छ । साथै कतारको मोफसल ईलाका अलखोरमा स्थापित सन्ध्या ग्रुपसँग पनि आवद्ध भएर काम गर्ने अवसर मिल्यो ग्रुपले नियमित देमासिक रुपमा प्रकाशन गरिरहेको प्रकाशन मुग्लान्ाी सौगातमा सहसम्पादक जस्तो गहन जिम्मेदारी बहन गर्ने अवसर मिल्यो त्यसलाई पनि अप्ठ्याराहरुसँग सँघर्ष गर्दै अहिले सम्म कर्तव्यपथमा हिड्न सक्नु नै ठुलो उपलव्धि ठाने मैले । त्यसबाट पाठकको माया र हौसला निकै मात्रामा पाईएको छ समग्रमा कतार बसाइको उपलव्धि भन्नु नै मैले यहि लिएको छु । त्यसरी माया र सहानुभुति प्रकट गरिदिनुहुने सम्पुर्ण मित्रजनहरुमा निरन्तर सम्पर्कको आशा गर्दै बिदाईका हातहरु हल्लाउँदै बालुवाको मरुभुमिबाट मातृभुमि फर्किएपछि हाम्रो भेट हुने नै छ अहिलेलाई भने बिदा । इति…………………………………..
फेरी अर्को सपना लिएर कतारबाट नेपाल तिर
Advertisement
1 Comment »
RSS Feed for this entry

संगै हातेमालो गर्दा केही त्रुटीहरु भएको भए यही मरुभूमीको बगरमा छाडेर जानुहोला । तपाईको हरेक इच्छा,आकाक्षहरु मातृभूमीमा नै पुरा हुन ! हो तपाईले भने जस्तै–सपना देख्न साह्रै सजिलो हुने रहेछ तर पुरा गर्न त्यत्तिकै कठिन ……….. हो यहि कठिनतालाई छिचोलनु नै सलतामा पुग्नु हो । SHUBHA YATRA & BEST OF LUCK……..MISS UUUUUUUUU !