नयाँ बर्षमा रमे कतारका नेपाली

हरेक नयाँ बर्षहरुलाई स्वागत गर्ने शैलीहरु समाज र जीवनशैली अनुसार फरक फरक नै हुन्छन् । कस्ौले नयाँ साललाई नया सोच र नया ढंगले बिताउने अठोट लिन्छन् । कस्ौको लागी सदाबहार रुपमा पेशालाई  निरन्तर तन्काउदै लैजान्छन् । कस्ौले  पुरानो बर्षको अन्तिमदेखिनै नयाँबर्षको न्वारान हुन्जेलसम्म नसामै बिताइदिन्छन् र नसाबाट नै नयाँ सालको कौमार्यता लुट्छन् यस्ता धेरै मनोरन्जन र रमाइला क्षणहरुको अनुभव लिनबाट  बिाचत भएका दिनको अधिकांश समय श्रममा खर्चिन बाध्य कतारका नेपालीका लागी भने अंग्रेजी नयाँ साल २०१० मनोराजनै मनोरन्जन लिएर हाजिर भयो शुक्रबार दोहामा । ड्यूटिको दौडधुपमा ब्यस्त नेपालीहरु  शुक्रबारे छुटिलाई आनन्द दिलाउन दोहा कतारमा ब्यवसाय गरीरहेका तेजेन्द्र महतले  आयोजना गरेको  नेपाली सुपरस्टार नाइट दर्शकहरुको  अपार मायाबाट अछुतो  हुन सकेन । घरी घरी टेलिभिजनको पर्दामा देख्न पाएका  नेपाली कलाकारहरुलाई आफ्नै अगाडि देख्न पाउँदा मख्ख देखिएका दशर््ाकहरु मन्त्रमुग्धमात्रै बनेनन् कलाकारहरुसंगै नाचे गाए र हाँसे पनि । दोहाको हलहिलाल स्थित दोहा सिनेमा हलमा खचाखच भरिएका दर्शकहरुले धित मरुन्जेल हेर्न पाए नेपाली कलाक्षेत्रका सेलिब्रेटिहरुलाई । शुक्रबारै दुइ वटा शो मा राखिएको कार्यक्रमको पहिलो शो  दिनको डेढ बजेबाट सूरु हुने भनिएपनि निर्धारित समय भन्दा केहि ढिला हुन गयो । दर्शक दिर्घाबाट आएको  जोडदार आवाजलाई  काबुमा लिदै आयोजकले स्टेजमा आएरै कार्यक्रम शुरुहुनै लागेको जानकारी सहित धर्यधारण गरीदिन आग्रह गर्नुपर्यो ।  नेपाली दुताबास दोहा कतारका प्रथम सचिव राजकाजी खड्काका् प्रमुख अथित्व सगै एन आर एनका निर्वाचित  केहि पदाधिकारीहरुलाई स्टेजमा बोलाएरै आयोजक तेजेन्द्र महतले पुष्पगुच्छा सहित  सम्मान प्रदान गरे र मनोराजन कार्यक्रम अगाडि बढाउन कार्यक्रम सन्चालिकालाई स्टेजमा आमन्त्रण गरे ।  शुभकामनाका शव्दहरु पस्किदै हरियो साडिमा सजिएकि दोहोरी गाइका तथा उद्घोषिका सुनिता दुलाल स्टेजमा आइपुग्दा बजेको तालिको पर्राले हललाईनै रोमान्चकता प्रदान गर्यो ।  उद्घोषिकाको प्रवेशसंगै कार्यक्रममा छुटै आनन्द भित्राइदियो । सुमधुर स्वरकि धनि गाइका अन्जु पन्थले स्वदेश गान 
सगरमाथाको शिरमा बुद्धको सान हाम्रो 
संस्कृति र प्रकृतिमा झन देखिन्छ कति राम्रो 
गाइरहँदा हलका सारा दर्शकहरु निकै भावुक देखिए लाग्थ्यो सबै यतिवेला देश नेपाललाई सम्झिरहेका छन् । देशप्रति अगाध माया पोखिएको स्वदेश गानले एक पटक सम्पुर्ण दर्शकलाई नेपालसम्मको यात्रा तय गर्न बाध्य तुल्याइदिएको थियो । स्वदेश गानसँगै गाइका पन्थले चलचित्र किस्मतको दिल यो मेरो दिल किन धड्कन्छ  बनमा फुल्यो फुलैफुल  र तिम्ले पराइठानेपछि बोलका गीतहरु गाउन भ्याइन । उनका हरेक लय र  हरफहरुमा दर्शकबाट आएको तालीको पर्राले उनिबाट अर्को गीतको आश गरीरहेको भएपनि फेरी आउने बाचा गर्दै उनि स्टेजबाट बाहिरीन । लगत्तै  झुल्किए लोकदोहोरीका नायक नायीका शंकर बिसि र सम्झना बुढाथोकि । रोधिघरमा भयो जम्काभेट बोलको गीतमा नृत्य गरीरहँदा दर्शकहरुका आखां स्टेजमा केन्द्रित देखिन्थे । नृत्यागना सम्झना बुढाथोकिको आकर्षक पहिरन र छमछम नृत्यले दर्शकको ध्यान खिच्न सफल  भएको थियो ।लोकगीतमा आफ्नो मन खोज्न ब्यस्त दर्शकहरु रक तथा पप गायक शिव परियारले जबदेखि तिम्रो याद आयो मन्द मन्द …………। गाइरहँदा सम्म तालिका पर्राहरु छुटाइरहेका थिए । फेवातालमा साइली डुगां सलल … गाउँदै गर्दा प्रशन्न देखिएका गायक परियार आफ्नी आमालाई सम्झिएर निक्कै भावुक भए ।
घाम चर्किए पनि  पानी दर्किए पनि
म सम्झन्छु मेरी आमा आसु दर्किएपनि
……॥ बोलको गजल गीत गाइरहदा दर्शकलाई पनि एकपल्ट मातृत्वको यादमा  भावुक बनाइदिए । त्यसपछिको प्रस्तुतिमा आएकि नृत्यागना हेमा श्रेष्ठले माइती घर माइति घर बोलको गीतमा नृत्य गरिरहँदा उनको नृत्यमा बिछट लोभिएका थिए दर्शकहरु । अघिल्लो प्रस्तुति रेजिना उप्रतीको नृत्य भनेर घोषणा गरीएको भएपनि  ट्राकमा समस्या देखिएपछि स्टेजसम्म उडेर आएकि नाइका रेजिना रित्तो हात फर्किइन । दर्शकहरुको चर्को बिरोधलाई सामना गर्न उद्घोषकले अर्की गाइका निशा सुनारलाई बोलाउन बाध्य हुनुपर्यो ।सास्कृतिक कार्यक्रमकै शिलसिलामा पाँचौ पटक कतार आएकि निशाले तिम्रो मन त चकु छुरी मेरो सारागिँ गाइरहदा दर्शकहरु पनि  गीतसगै नाचिरहेका देखिन्थे । दर्शकहरुको माग भएपनि  उनि फेरी दोहोरी गाउनको लागि उपस्थित हुने  भन्दै बाहिर निस्किन तर फेरी भने आउन सकिनन् । त्यसलगत्तै शंकर बिसि र सम्झना बुढाथोकिको जोडिले कि लाउ माया मै तिर कि लाउ दुई तिर …… बोलको गीतमा नाचिरहदा दर्शकका आखा स्टेजबाट बाहिर जानै मानिरहेका थिएनन् । मनोरन्जनले भरपुर आनन्द दिने क्रममा आएका हास्य कलाकार कमल गाउलेले प्रहसन गरेको माग्नेको रोल तथा अरु ब्याग्यात्मक प्रस्तुतीले हलका महिला दिदिबहिनिहरुलाई नसक्नेगरी लजालु बनाइदियो । कोहि पनि ठाडो शिर राखेर बसिरहन सकेनन् । दोस्रो प्रस्तुतिको लागि आएकि नृत्यागना हेमा श्रेष्ठको बनमा फुल्यो फुल  हुदै शंकर बिसि र कमल गाउलेको कमेडि नृत्य बडाबा मलाई त्यहि केटि चाहिन्छ निकै आकर्षण बन्न पुग्यो । दोस्रो पटक स्टेजमा आएका गायक शिव परियारले बेहोसि भएपछि होसमा आउदा क्या दामी भो यहाँ पिउने म पिलाउनेको क्या बदनामि भो  साथै कहाँ थियौ तिमी रगंमन्च उठेपछि आयौ समयले जवानी लुटेपछि आयौ ।बोलका २ बटा गजल गीत प्रस्तुत गरे ।दर्शकबाट फेवा तालमा साइली ………।sाे माग अत्याधिक भएपनि ट्राकको अभावमा त्यो गीत गाउन सकेनन् बरु फेरी कहा थियौ तिमी । नै गाएर दर्शकको चित्त बुझाउने प्रयास गरे । उत्तरार्दमा शंकर बिसि र रेजिना उप्रतिको नृत्य निकै आकर्षक भयो अन्त्यमा आएकी अन्जु पन्थले हितैको मायालाई कहिले भटौला गाएर जानै लागेकि थिइन  तर नबिसे्र तिमीलाई …………। नगाइ जानै पाइनन् । उनको त्यो गीतको म्यूजिक बज्नथाले देखि उठेका दर्शकहरुमा गाइकाको भिडियो खिच्नेदेखि लिएर फोटो खिच्न्ो तथा स्वर मिलाउनेहरुको समेत कमि थिएन । तंछाम मछाड गर्दै स्टेज सम्म पुगेका दर्शकको हुललाई सम्हाल्न सुरक्षाकर्मिलाई समेत हम्मे हम्मे पर्यो । गीत गाइरहदा निकै भावुक बनेकि गाइका दर्शकहरुको मायालाई देखेर निकै हुरुक्क भइन गीत सुनेर पैसा दिनेको समेत निकै भिड थियो ।
 नेपालबाट कतार सम्म आएर आफ्नो कला देखाउन पाउँदा कलाकारहरु पनि निक्कै खुशि देखिन्थे । तेजेन्द्र महतको सातौ प्रस्तुति रहेको सुपरस्टार नाइटमा दश जना कलाकार आउने भनिएको भएपनि  राजु परियार भने देखिएनन् । दुबै शो मा खचाखच भरीएका दर्शकहरु कलाकारले कम्मर भाचि भाचि नाचेको प्रसंसा गरीरहन्थे ।

Advertisement

1 Comment »

  1. 1
    PRABAL BISTA Says:

    prakash g life nai yastai ho milan pachhi bichhod ,din pachhi rat ani sukha pachi dukha yastai anekau utad chadab ta aai nai rahanchhan ti harek kura sanga paithe jori kheldai afulai aghi badhauna saknu ma nai jevan ko sarthak pauna sakin6 hoina ra ?jaha samma lag6 tapai pani jevan k ho tyo ramro sanga bujheko mna6e ho jasle dhilai vaya pani jevan ko mahatwo bujhnu vayako 6 ra yo aaghosit jell bata mukta hudai hunu6 .malai aasha yabam varosa 6 hajur le nepal gayara pani hajur sanga vayako sip ra kala ko sathai yaha aaya pchhi kadin ma sinu vayo naulo kurako parayo afno thau ma rahera sakdo garnu hune6 .tara jo hami ajhai jeevan ko meaning bujhna sakeka 6ainau yasari nai paraiko bhumi ma rumalli rahane 6au , jun dina hamilai afno desh ani afnai life ko bodh hune 6 tyo dina ma lagayat ma jastai yaha rumalliyara basekka aru sathi pani payro desh ani afu hurke badheko thaulai samjhera aabasya farkane 6u tyo budhi palaune buddi bangara 6ittai awos . hasta baki feri feri haita , sabai lai chetana vayaaaaaaaaaaa. PRABAL BISTA


RSS Feed for this entry

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.