प्रकाश बन्जारा
इ सानै उमेरदेखि मन हर्न लागे
यीनै सुन्दरीले जुलुम गर्न लागे
भन्दै मोतिराम भटले रचनागर्नु भएको गजल वाचन गरेर सुरु गरिएको दोहाको जेद्धापार्कको कार्यक्रम आकर्षणको केन्द्र बन्यो । नवोदित साहित्यिक वाचनालय दोहा कतार ले १४४ औँ मोती जयन्तिको अबसरमा शुक्रबार एक बृहत साहित्य गोष्ठिको आयोजना गर्दै थियो । वाचनालयले आफनो नियमित वाचनकाृे १९ औँ श्रृँखलाकै कार्यक्रमको सिलसिलामा वाचनालयका अध्यक्ष भोजराज श्रेष्ठको सभापतित्वमा दोहाको जेद्धा पार्कमा सो कार्यक्रम सम्पन्न गरेको हो । बिशेस गरेर मोतिरा भट र सहिद प्रति एक मिनेट मौन धारण गर्दै सुरुवात गरिएको कार्यक्रममा दोहामा रहेर सिर्जनारत बहुसँख्यक साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
मोतिराम भटले नेपाली साहित्यमा दिएको योगदानको चर्चा गर्दै साहित्यकार दुर्गा भुषालले मौनधारण गर्ने तस्विरमा माल्यार्पण गर्ने भन्दापनि उहाँले देखाएको बाटोमा साहित्य सृजना गरे उहाँको आत्माले चिर शान्ति पाउने बताउनु भयो । त्यसै गरी कार्यक्रममा बोल्दै अर्का वक्ता इस्वर दाहालले मोतिराम भटले नेपालमा गजल लेखन सुरु गरेर महानतामा प्रस्तुत हुनु ्र भएको बताउनु भयो उहाँले मोतिराम भटले रचना गर्नु भएको एउटा सृँगारीक रसको गजल पनि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नवोदित साहित्यिक वाचनालयका प्रमुख सल्लाहाकार बदि्र प्रसाद पराजुलीले गजल लेखनमा ध्यान दिन स्रष्ठाहरुलाइ आग्रह् गर्नु भयो कार्यक्रममा दोहा कतार मा सिर्जनारत विक्रम चेतनसिल राइ पर्शुराम पराइ राजकुमार पुत्ला महेन्द्र वियोगी गुरुङ्ग राजेस्वर ढकाल दुर्लभ शाह देव आवारा किसमा किसोर इन्द्रमणि नेपाल रमेस पि्रयसन ज्ञानेन्द्र प्रसाद अँगाइ तिर्थ सँगम राइ एन वि अन्जान एकराज घिमिरे घायल जगतरा मबर्देवा लगायतले आ आफना रचना हरु बाचन गरेर सुनाउनु भएको थियो । त्यसैगरी नवोदित साहित्यिक वाचनालय ले हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसर पारेर शुक्रबार साँगितिक कार्यक्रम गर्ने भएको छ वाचनालयले कार्यक्रममा उपस्थित भइदिनको लागी कतारमा रहनु भएका नेपाली महिला दिदिवहिनीलाइ हार्दिक अनुरोध पनि गरेको छ । 
त्यसै गरी नवोदित साहित्यिक वाचनालयले सनैया इलाकामा पुस्तकहरु पढ्ने वातावरण बनाउन तथा सिर्जनारत साहित्यकारहरुलाइ दोहा धाइरहनु पर्ने समस्याबाट मुत्ति दिलाउन सनैया ४४ इकाइ कमिटी को गठन गरेको छ । तपल तमुको सँयोजकत्वमा गठित सो इकाइ कमिटिले सनैया क्षेत्रमा पुस्तक पढ्न चाहाने पाठकहरुलाइ नवोदित मोवाइल पुस्तकालय मार्फत पुस्तक उपलव्ध गराउनुका साथै नयाँ सर्जकहरुलाइ समेत सिर्जनामा अभिप्रेरित गर्ने केन्द्रिय अध्यक्ष भोजराज श्रेष्ठ बताउनु हुन्छ ।
oh doha ka kabiharu ???
sampurna qatar basi nepali sastra harulai badhai tatha utaroutar pagatiko kamana.
mero photo kina katnu bhayako ? yo photo hataaunu ki ma bhayako photo raakhanu .!
hajur ko picture
mero picture ta ramro chaina tesaile nalagako ho